अर्थ बाणिज्य / समाज Tuesday, 27 Sep, 2022
Prestige Media

एक सातामै बैंकमा थपियो २६ अर्ब निक्षेप

असोज पहिलो सातासम्म २६ वटा वाणिज्य बैंकमा २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन भएको बैंकर्स संघको तथ्यांक

काठमाडौं– २६ वटा वाणिज्य बैंकले एक सातामै २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप जम्मा गरेका छन् ।नेपाल बैंकर्स संघले जारी गरेको विवरणअनुसार असोज पहिलो साता अर्थात् ७ असोजसम्म २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन थप गरेका हुन् ।

गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले ४४ खर्ब ८५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेकामा ७ असोजसम्म ४५ खर्ब ११ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।असोज पहिलो साता कर्जा प्रवाह भने ४ अर्ब रुपैयाँ थप गरेको संघको तथ्यांकले देखाएको छ । सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.२१ प्रतिशत कायम छ ।

भदौ मसान्तमा ४१ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा ७ असोजमा आइपुग्दा ४१ खर्ब ९४ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार भने साउन मसान्तसम्ममा समग्र बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो ।

२०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ । २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत थियो ।

त्यस्तै, साउन मसान्तसम्ममा समग्र बैंक तथा वित्तीय संस्थाको प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो ।

साउन मसान्तसम्ममा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.०१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ०.७ प्रतिशतले घटेको छ ।

२०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.८ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ प्रवाह भएको कर्जा क्रमशः २.१ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ ।

साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ०.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.८ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १.१ प्रतिशतले, रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३ प्रतिशतले र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ४.६ प्रतिशतले घटेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL