अर्थ बाणिज्य / समाज
Sunday, 18 Sep, 2022
उपभोक्ता ठगी रोक्न विभागले थाल्यो अभियान
विभागले ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ अभियान सुरु गरेको हो।
काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडवाडका बेला उपभोक्तालाई ठगिनबाट जोगाउने अभियान थालेको छ । विभागले चाडपर्वमा उपभोक्ता धेरै ठगिने भएकाले दसैं–तिहार लक्षित गर्दै ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ अभियान सुरु गरेको हो ।
विभागका महानिर्देशक महेश भट्टराईले उपभोक्तालाई ठगिनबाट जोगाउने लक्ष्यसहित यो अभियान सुरु गरिएको बताए ।
अभियानमार्फत उपभोक्तालाई सचेत बनाउने र बिक्रेतालाई समेत जिम्मेवार बनाउने लक्ष्य रहेको उनको भनाइ छ । अभियानअन्तर्गत उपभोक्तालाई १० बुँदे सचेतनासहितका सन्देश फैलाइनेछ।







