कला / साहित्य Wednesday, 7 Sep, 2022
Prestige Media

यौन दुरुपयोग आरोपमा पल शाहलाई साढे दुई वर्ष कैद सजाय

बलात्कार आरोपबाट सफाइ पाए पनि शाहलाई बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिमाना फैसला भएको हो

काठमाडौं– अभिनेता पल शाहले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन् । जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

बलात्कार आरोपबाट सफाइ पाए पनि पललाई बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिमाना फैसला भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले बताए । उनका अनुसार पलले पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको छ ।
‘पल शाहले बलात्कार अभियोगबाट सफाइ पाएका छन् । उनको मुद्दा बालयौन दुरुपयोगमा झरेको छ,’ पौड्यालले भने, ‘बालयौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय फैसला भएको छ ।’ जिल्ला अदालत नवलपुरबाट उक्त फैसला भए पनि तनहुँ जिल्ला अदालतमा भने नाबालिग बलात्कार मुद्दा विचाराधीन छ ।

जिल्ला अदालत नवलपुरमा मंगलबार पीडित नाबालिगका तर्फबाट सरकारी वकिल डालबहादुर नेपाली, कमलराज पन्थी र बुद्धबहादुर थापाले बहस गरेका थिए भने पलका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन काफ्लेसहित ७ जनाले बहस गरेका थिए ।
पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन् । तनहुँ प्रहरीमा गत ११ फागुन र नवलपुर प्रहरीमा १५ फागुनमा उनका बुबाले उजुरी दिएका थिए ।

प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गराएका थिए । उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा गत वैशाखमा बकपत्र गर्दा पीडित नाबालिग र उनका बुबाले बयान फेरेका थिए । बकपत्रमा नाबालिगले आफूमाथि बलात्कार नभएको बताएकी थिइन् भने उनका बुबाले पनि छोरीले दिएकै बयान ठीक भएको बताएका थिए ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL