अर्थ बाणिज्य / समाज Tuesday, 6 Sep, 2022
Prestige Media

डेढ महिनामै १७ हजारले लिए मलेसिया रोजगारीमा श्रम स्वीकृति

विभिन्न मुलुकमा रोजगारीमा जान ६३ हजारले श्रम स्वीकृति लिएकामा मलेसियाका लागि २५ हजारले लिएका हुन्।

काठमाडौं– वैदेशिक रोजगार विभागले साउनदेखि १५ भदौसम्म ३५ हजारमध्ये १७ हजारले मात्रै मलेसियाका लागि श्रम स्वीकृति लिएको विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको विभागले बताएको छ ।साउनमा ६५ विदेशी मुलुकमा रोजगारीमा जान ६३ हजारले श्रम स्वीकृति लिएकामा मलेसियाका लागि २५ हजारले लिएको विभागले जनाएको हो ।
वैदेशिक रोजगार कार्यालय प्रमुख रमेश अर्यालले मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली श्रमिकको आकर्षण त्यतातिर बढेको बताए ।

चालू आर्थिक वर्षको साउनको तुलनामा १५ भदौसम्म मलेसिया रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या अझै बढेको छ । उनका अनुसार साउनमा ६५ देशका लागि ६३ हजारले श्रमस्वीकृति लिएका करिब ४० प्रतिशतले मलेसियाका लागि लिएका थिए भने १५ भदौसम्म ३५ हजार जनाले श्रम स्वीकृति लिएकामा लगभग ४९ प्रतिशतले मलेसियाका लागि मात्रै लिएका छन् ।

मलेसियाका रोजगारदाताले श्रमिकलाई पारिश्रमिकबाहेक अन्य सेवा–सुविधामा पनि लचकता देखाएपछि नेपाली श्रमिकको रोजाइमा पर्न थालेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए । मलेसियाली सरकारले गत मार्चदेखि आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी १ हजार ५०० रिंगेट (४३ हजार रुपैयाँ)पु¥याएको छ ।

मलेसिया रोजगारमा जाने नेपाली श्रमिकले पारिश्रमिकसहित बस्न होस्टल, खान थप रकम, अतिरिक्त कामको पनि सुविधा दिन थालेपछि मलेसिया धेरैको रोजाइमा पर्न थालेको हो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL