अर्थ बाणिज्य / समाज Sunday, 4 Sep, 2022
Prestige Media

भरतपुरमा विद्युत् तार भूमिगत हुँदै

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भरतपुरको सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण सुरु गरेको छ । शनिबारबाट भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण सुरु गरिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरे। प्रचण्ड र घिसिङले पूर्व–पश्चिम राजमार्गको छेउमा गैंची चलाएर आयोजना शुभारम्भ गरेका थिए ।
घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न हुने गरी काम गरिने बताए। प्राधिकरणले अहिले १६ अर्ब नाफा गरेको उनले बताए । अहिले दैनिक १० करोडदेखि १२ करोडसम्म बिजुली बेचिरहेको उनले सुनाए ।

भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । निर्माण जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ ।

उक्त कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्नेछ । ठेक्का रकम २ अर्ब ५० करोड हाराहारी रहेको आयोजनाले जनाएको छ ।

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ। बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ। सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्नेछ ।
एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले आयोजना अघि बढाएको हो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL