अर्थ बाणिज्य / समाज Wednesday, 31 Aug, 2022
Prestige Media

६ वस्तुको आयात प्रतिबन्ध हट्यो

यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेज, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजनलगायतको आयात बन्देज खुला भएको हो

काठमाडौं– सरकारले आयात प्रतिबन्ध लगाएका १० वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई भने सरकारले निरन्तरता दिएको छ ।

यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, सबै प्रकार खेलौना र तासको आयात बन्देज खुला भएको हो । यससम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशित भइसकेको छ ।
सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चापदार्थबाहेक), ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक) र १५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध कायमै राखिएको छ । सूचनाअनुसार २८ असोजसम्म यी वस्तुको आयात प्रतिबन्धले निरन्तरता पाउनेछ ।

आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र व्यापार घाटा पनि फराकिलो बन्दै गएको कारण देखाउँदै सरकारले पहिलो पटक १४ वैशाखमा राजपत्रमा सूचना प्रकाशन गर्दै उल्लिखित १० वस्तुको आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो ।
त्यतिबेला आयात प्रतिबन्धको सूचीमा परेकामध्ये मोबाइल र मोटरसाइकलको सीमा तोकिएको थियो, जसअनुसार ६ सय अमेरिकी डलरभन्दा माथिका मोबाइल सेट, २५० सिसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाइएको थियो ।

त्यसपछि केही संशोधन गर्दै १ साउनदेखि १४ भदौसम्मेका लागि दस वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको थियो । जसअनुसार तीन सय अमेरिकी डलरभन्दा माथिका मोबाइल र १५० सिसीभन्दा माथिका मोटरसाइकलमा आयात प्रतिबन्ध लगाइएको थियो । सोमबार प्रकाशित सूचना संशोधित व्यवस्थालाई नै आयात प्रतिबन्धको आधार बनाइएको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL