अर्थ बाणिज्य / समाज
Sunday, 28 Aug, 2022
दसैं लक्षित नयाँ नोट बाँडिँदै
यसपालि उपत्यकाबाहिर पनि नयाँ नोट बाँडिने
काठमाडौं– राष्ट्र बैंकले आउँदो दसैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने तयारी थालेको छ । चाडपर्वलाई लक्षित गरी नयाँ नोट बाँड्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको हो । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिनेछ ।नयाँ नोट भदौ अन्तिम सातादेखि वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

वितरण गर्ने अवधि भने तोकिन बाँकी छ । सकेसम्म असोज सुरु नहुँदै वितरण सुरु गरिने राष्ट्र बैंकले बताएको छ ।कुन–कुन ठाउँबाट कहिले देखि वितरण गर्नेबारेको जानकारी दिन राष्ट्र बैंकले सूचना जारी गर्नेछ । नयाँ नोट वितरण उपत्यकाबाहिर समेत गरिनेछ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नोट लिन सक्ने राष्ट्र बैंकको भनाइ छ ।







