अर्थ बाणिज्य / समाज
Friday, 26 Aug, 2022
सात लघुबिमाको लाइसेन्स खुल्यो
काठमाडौं– बिमा समितिले सात लघुबिमाको लाइसेन्स वितरण प्रस्ताव आह्वान गरेको छ ।समितिले सार्वजनिक सूचना जारी गर्दै नयाँ लघुबिमाको लाइसेन्स लिन चाहने जोसुकैलाई लघुबिमा स्थापनासम्बन्धी निर्देशिकाबमोजिम प्रस्ताव दर्ता आह्वान गरेको हो ।
समितिका अनुसार ३५ दिनभित्र दरखास्त पेस गरिसक्नुपर्नेछ । प्राप्त प्रस्तावमध्ये सबैभन्दा उच्च अंक ल्याउनेमध्येबाट तीन वटा जीवन बिमा र चार वटा निर्जीवन लघुबिमालाई लाइसेन्स वितरण गरिनेछ ।
कुल ७५ करोड चुक्ता पुँजी भएको लघुबिमा कम्पनी काठमाडौं बाहिर कार्यालय राखी सञ्चालन गर्नुपर्नेछ । लघुबिमा कम्पनीको लाइसेन्स लिँदा क्रस होल्डिङ हुने गरी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ ।







