अर्थ बाणिज्य / समाज Wednesday, 24 Aug, 2022
Prestige Media

मिटरब्याजीविरुद्ध परे १ हजार ९३७ उजुरी

काठमाडौं– गृह मन्त्रालयद्वारा मिटरब्याजीबारे छानबिन गर्न गठित कार्यदलले हालसम्म देशभरका स्थानीय प्रशासनमा १,९३७ उजुरी परेको विवरण सार्वजनिक गरेको छ ।

कार्यदलले ५ भदौभित्र उजुरी दिन आग्रह गरेको थियो। मन्त्रालयको आग्रहपछि १,९३७ वटा उजुरी दर्ता भएको कार्यदल संयोजक सह–सचिव डा. भीष्मकुमार भुसालले बताए ।मिटरब्याजीबाट सबैभन्दा पीडित भएको उजुरी मधेस प्रदेशबाट परेको छ। मधेसमा १,३३० वटा उजुरी परेको कार्यदलका संयोजक भुसालको भनाइ छ ।

बागमती प्रदेशमा २०२, लुम्बिनीमा २११, प्रदेश १ मा ९२, गण्डकीमा ३५, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले २८ साउनमा गठन गरेको कार्यदलमा प्रहरीका एसएसपी दिनेश आचार्य, उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL