Exclusive News Wednesday, 7 Oct, 2020
Prestige Media

डा. केसीसँग झुक्यो सरकार

सरकारले अनशनरत चिकित्सक प्रा.डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
चौतर्फी दबाबपछि डा. केसीसँग वार्ता गर्न सरकार बाध्य भएको हो ।
शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्रा डा. केसी गत भदौ २४ देखि जुम्लाबाट अनशन सुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन् ।
सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि समिति गठन गरिएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबारको सचिवालय बैठकमा डा. केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया सुरु भइसकेको बताएका थिए ।
बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न डा. केसीलाई आग्रह गरेको थियो ।

डा. केसीको वार्ता टोली

सरकारसँग वार्ता गर्न डा. गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको छ ।
सरकारले शिक्षा सचिवको नेतृत्वमा वार्ता टोली बनाएलगत्तै डा. केसीको तर्फबाट पनि डा. जीवन क्षेत्रीको नेतृत्वमा टोली बनेको हो ।
टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

चिकित्सक संघद्वारा आन्दोलन घोषणा
सत्याग्रही डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।
वार्ता टोली गठन गर्न दिएको ७२ घन्टे अल्टिमेटम सकिएलगत्तै संघले दबाबमूलक आन्दोलन घोषणा गरेको हो ।
२२ असाज बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा वहिष्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने संघले जनाएको छ ।
२३ गते देशभर आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा वहिष्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ । साथै, यो अवधिमा पनि वार्ता टनेली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघको चेतावनी छ ।
६ बुँदे माग राख्दै डा. केसी अनशन बसेको २४ दिन भएको छ तर सरकारले वार्ता गरेको छैन । अनशन बसेको २३ औं दिन शिक्षा सचिवको टोलीले उनलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनशन अन्त्य गर्न आग्रह गरेको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL