टाउको दुख्छ ? यो उपाय अपनाउनुस्

टाउको दुखाइ कम गर्न औषधि खाने गर्नुभएको छ भने टाउको दुखाइ कम गर्ने यी तरिका अपनाउनु उपयुक्त हुन्छः
अदुवा
नसा सुनिने समस्याले पनि टाउको दुख्ने गर्छ । अदुवा खानाले नसा सुनिने समस्या कम हुन्छ । यसका लागि अदुवा र कागतीको रस समान मात्रामा मिसाइ खाने गर्नुपर्छ । पानीमा अदुवा मिसाइ उमालेर खाने गर्नाले पनि राहत मिल्छ । पेटमा ग्यास उत्पन्न हुँदा पनि टाउको दुख्ने गर्छ । अदुवा खाँदा पेटको ग्यास बाहिर निस्किन्छ ।
दालचिनी
दालचिनीलाई पिसेर पाउडर बनाउने र यसरी तयार भएको पाउडरमा पानी मिसाएर गाडा पेस्ट बनाउने । यसरी तयार भएको पेस्ट टाउकोमा लगाई ३० मिनेटपछि मनतातो पानीले धुने । यसो गर्दा टाउको दुखाइ कम हुन्छ ।
ल्वाङ
ल्वाङमा दुखाइ सोस्ने क्षमता हुन्छ । केही ल्वाङ भाच्ने र एउटा कपडामा बाँधेर निरन्तर सुघ्ने । केही बेर सुघ्दै गएपछि टाउको दुखाइ घट्दै गएको महसुस गर्न सकिन्छ । स्वास्थ्य खबरपत्रिकाबाट







