स्वास्थ्य Friday, 24 Jun, 2016
Prestige Media

दही खानु का फाईदै फाईदा

curd

अपच हट्छ

दहीमा भुटेको जिरा पिसेर हाली त्यसमा अलिकति नुन र मरिच हालेर बिहान खाएमा खाना राम्रोसँग पच्छ ।

टाउको दुखाइ हटाउँछ

बिहान सूर्योदयसँगै टाउको दुखाइ बढ्दै जाने समस्या छ भने सूर्योदयअघि दहीसँग भात मुछेर खाने गरेमा टाउको दुखाइ कम हुन्छ ।

वजन घटाउँछ

पेटमा बोसोको मात्रा निरन्तर बढ्दै गएको छ भने बिहान खाली पेटमा पाँच चम्चा दही खाने गरेमा पेटमा जम्मा भएको बोसो कम हुँदै जान्छ ।

पोषण प्रदान गर्छ

दहीमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । हड्डी बलियो बनाउँछ दहीमा क्याल्सियम, फस्फोरस, आइरनको मात्रा उच्च हुने भएकाले दही खाँदा हड्डी बलियो हुन्छ ।

एसिडिटी हटाउँछ

एसिडिटी छ भने बिहान एक कचौरा दही खाएमा एसिडिटी हटेर जान्छ । दही खाने गरेमा पेटसम्बन्धी अन्य समस्याको पनि समाधान हुन्छ । बाथको असर कम गर्छ बाथसम्बन्धी समस्या भएकाहरूले दही खाँदा राहत मिल्छ ।

मुटु बलियो बनाउँछ

दिनहुँ दही खाने गरेमा मुटुसम्बन्धी समस्या कम हुँदै जान्छ । दहीले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रित राख्छ ।

रोगप्रतिरोधात्मक क्षमता बढाउँछ

दहीमा लाभकारी ब्याक्टेरिया पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । योनिको खटिरा हटाउँछ योनिमा खटिरा आउने (भेजिनल यिस्ट इन्फेक्सन) छ भने दिनहुँ दही खाने गर्नाले खटिरा हराउँदै जान्छ ।

चिन्ता हटाउँछ

दिनहुँ दही खानाले दिमाग स्थिर रहन्छ । जसले चिन्तामुक्त हुन मद्दत गर्छ ।

अनुहार चम्किलो बनाउँछ

दहीमा भिटामिन–ई, जिंक र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ । जसले  छालालाई चम्किलो र सुन्दर बनाउँछ । साथै, गहुँको पिठोमा दही र कागती मिसाई फेसप्याक बनाएर अनुहारमा लगाएर २० मिनेटपछि धुने । यसो गर्दा अनुहार सफा र चम्किलो बन्छ । दूधको अभाव पूर्ति गर्छ अपच हुने समस्या, एलर्जीलगायत कारणले दूध खान सक्नुहुन्न भने दही खानुस् । दूधबाट शरीरले पाउने यावत लाभ दहीले पनि दिन्छ ।

यौनशक्ति बढाउँछ

यौन दुर्बलता भएमा खानाअघि दही खाने गर्नाले यौन क्षमता वृद्धि हुने विभिन्न अनुसन्धानले देखाएको छ । व्यायामपछि लाभदायक दहीमा प्रोटिन, कार्बोहाइड्रेटलगायत सन्तुलित मात्रामा पाइने भएकाले व्यायामपछि दही खानु राम्रो हुन्छ । व्यायामका क्रममा पसिनामार्फत निकास भएका शरीरका खनिजको अभाव दही खानाले पूर्ति हुन्छ ।

रुघाखोकी कम गर्छ

रुघाखोकी लाग्ने गरिरहन्छ भने दिनहुँ दही खाने गर्नुपर्छ । दहीमा पाइने लाभकारी ब्याक्टेरियाले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ, जसले गर्दा रुघाखोकी लागिरहने क्रम कम हुन्छ । दाँत स्वस्थ राख्छ दहीमा अमिलोपन भए पनि यसमा दाँतका इनामेल हटाउने खालको अम्लीय तत्व हुँदैन । दहीमा ल्याक्टिक एसिड पाइन्छ, जसले दाँतको इनामेल हटाउनुको सट्टा दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ । कपाल झर्न रोक्छ दहीले कपाल मालिस गरी केही समय त्यसै छोडेर धुने । यसो गर्दा कपाल झर्ने क्रम कम हुन्छ । कपाल उम्रिन्छ दहीलाई तामामा निरन्तर रगडेर हरियो बनाई कपाल खुइलिएर तालु भएको ठाउँमा मालिस गर्नाले कपाल उम्रँदै जान्छ ।

रतन्धो हटाउँछ

राति आँखा नदेख्ने समस्या छ भने दहीको पानीमा मरिचको धुलो मिसाई गाजलजसरी आँखावरिपरि लगाउनाले समस्या कम हुँदै जान्छ । जिब्रोको समस्या दहीको पानीले बिहान कुल्ला गर्नाले अथवा दहीमा पाकेको केरा मिसाई खानाले जिब्रो पोल्ने अथवा जिब्रो सुनिने समस्या कम हुन्छ  -स्वास्थ्य खबरपत्रिका

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL