स्वास्थ्य Thursday, 23 Jun, 2016
Prestige Media

सास गनाउछ ?? यसो गर्नुस् ।

healthy-mouth

श्वास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ । श्वास गन्हाउने अनेक कारण छन् । ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । तीमध्ये श्वास गन्हाउने केही कारण र त्यसबाट छुट्कारा पाउने उपाय यहाँ उल्लेख गरिएको छ ।

खाना–  यो  सबैलाई अवगत नै छ कि प्याज, लसुन, चिज, अम्लयुक्त खानेकुरा, कफि आदिको सेवनले पनि अस्थायी रुपमा मुख गन्हाउने गर्छ । यस बाहेक विभिन्न खानेकुराहरु दाँतमा अड्किने हुँदा मुखमै रहन्छन् । जसले सुक्ष्म जिवाणु अनुकुल वातावरण सिर्जना हुन्छ र मुखलाई हानी पुर्याउनुका साथै गन्हाउने समस्या निम्त्याउँछ ।
सूर्तिजन्य पदार्थको सेवन– चुरोट, खैनी बिंडी, पान, गुट्खा लगायतका सूर्तिजन्य पदार्थको सेवन गर्नाले पनि श्वास गन्हाउने सामस्या आउन जान्छ । यसका साथसाथै यी पदार्थले विभिन्न रोग निम्त्याउने गर्छन्  ।  गिजाका रोगहरु, मुखको क्यान्सर आदिका कारण पनि मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

मुख स्वास्थ्यमा ध्यान नदिनाले– जो मनिस नियमित रुपमा दाँत माझ्दैन, विशेष गरी दुई दाँत बिचको फोहोर सफा गर्न बनाइएको रेशमको काँचो धागोको प्रयोग गर्दैन, मुख कुल्ला गर्दैन र जसको मुखमा दन्तलेउ र दन्तपत्थर जम्मा हुन थाल्छ । यस्तो अवस्थामा श्वास गन्हाउने समस्या बढी हुन्छ ।

अन्य रोगहरु–  पिनाशको रोग, निमोनिया, गलाको संक्रमण, डायबिटिज, पेटका रोगहरु, कलेजोका रोगहरु, मृगौलाका रोगहरु आदि भएको अवस्थामा पनि मुख गन्हाउने समस्या देखिने गरेको पाइन्छ ।

मुख सुक्खा हुने अवस्था– मुखमा र्यालको ग्रन्थिबाट र्यालको मात्रामा कमी भएपछी मुख सुक्खा गर्छ । यस्तो अवस्थामा छिन–छिनमा पानी तिर्खा लाग्ने, घाँटी सुक्खा भएको महसुश हुने, नाक सुक्खा हुने गर्छ । साथसाथै सुक्खा मुख भएका मानिसलाई श्वास गन्हाउने समस्याले पनि सताउने गर्छ ।

गर्भावस्थामा– गर्भवती हुनाले नै मुख गन्हाउने भने होइन तर यस कारण वाकवाकी लाग्ने, उल्टी हुने, शरिरमा पानीको मात्रा कम हुने, शरिरभित्रको रसायनिक तत्व वा हार्मोनको कारणले गर्दा श्वास गन्हाउने गर्छ ।

यी समस्याबाट छुट्कारा पाउन के गर्ने त ?
दिनमा दुईचोटी दाँत माझ्नुका साथसाथै जिब्रोलाई पनि सफा राख्नु अत्यावश्यक छ । दाँत मझ्ने ब्रस वा जिब्रो सफा गर्नेको नियमित प्रयोग गर्न सकिन्छ ।  रेशादार खानेकुराको सेवन गर्ने, खानेकुरालाई दाँतमा फस्न नदिने, शरिरलाई तन्दुरुस्त बनाउने खालका खानेकुरा खाने जस्ता बानीको विकास गर्नुपर्छ ।

दिनमा पटक–पटक पानी पिउने, जाइलिटोल भएको चिनी रहित  गुद चपाउने, मुख कुल्ला गर्ने औषधी प्रयोग गर्ने, अ्म्लयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा पनि निकै फाइदा हुने गर्छ । कफि लगायत अन्य क्याफीन भएका पेय पदार्थको सेवनमा पनि कमी ल्याउनुपर्छ ।

तसर्थ,  मुख, श्वास गन्हाउने  अवस्था आफैंमा कुनै रोग नभएर यसले शरिरको अर्को कुनै अवस्थाको बारेमा जानकारी दिन्छ । तसर्थ, यो समस्या देखा परेमा लापरवाही नगरिकन नजिकैको दन्तचिकित्सकलाई देखाउनुहोला । यसबाट आउन सक्ने थप समस्याहरु बाट पनि बच्नुहोला । सुन्नमा सानो सामान्य लागेपनि यसले भबिष्यमा जटिल समस्याहरु निम्त्याउन सक्छ । त्यसैले मुख स्वास्थ्यलाई आफ्नो शरिरको अन्य भागजस्तै ख्याल गर्नु आवश्यक छ । – स्वास्थ्य खबरपत्रिका बाट 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL