देश भित्र
Tuesday, 12 Aug, 2025
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो,१९ ढोका खुला
सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उहाँले बताउनुभयो ।







