देश भित्र
Friday, 8 Aug, 2025
आज देशभर मनसुनको प्रभाव रहने
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागमा धेरै र देशका बाँकी पहाडी भागका केही स्थानहरुमा तथा मधेस प्रदेश र बाँकी तराई भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराइलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।







