नेप्सेमा सामान्य वृद्धि
बिहीबार नेप्से परिसूचक ३.७६ अंक बढेर २९८२.६४ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। बुधबार १९ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको १ लाख ५४ हजार ६४२ पटकको कारोबारमा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँबराबरको ३ करोड ८९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ४ स्टकको शेयर मुल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भि इनर्जी र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।कम्पनीको आज ७७ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको करिब ७२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ग्रीन भेन्चर्सको कारोबार रकम ६६ करोड नाघेको छ।







