नेप्सेको ८०.९७ अंकको छलांग
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक ८० दशमलव ९७ अङ्कले बढेर दुई हजार ९७३ दशमलव ७० बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ७९ प्रतिशतको वृद्धि हो ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार १६ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आजको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, सान्भी इनर्जी लिमिटेडलगायत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा एलबीबीएल डिबेञ्चर–२०८९ तीन दशमलव ९४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ करोड ८८ लाख ८५ हजार ७४५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सनराईज फोकस्ड इक्विटी फण्डको २२ लाख ३७ हजार ३९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।







