अर्थ बाणिज्य / समाज
Friday, 18 Jul, 2025
चक्रपथको दोस्रो खण्ड निर्माण सुरु गर्न निर्देशन
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तारको क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिनुभयो ।बैठकमा मन्त्री दाहालले दोस्रो चरणअन्तर्गत कलङ्की–महाराजगन्ज खण्डको काम शीघ्र अघि बढ्ने स्पष्ट पार्नुभयो ।







