नेप्से दोहोरो अंकले बढ्यो
बिहीबार नेप्से परिसूचक २५.८९ अंक बढेर २७३१.८० विन्दुमा पुगेको छ। बिहीबार शेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । यो अंक २८ फागुनयताकै उच्च हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार करिब साढे ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ८८ हजार ६१५ पटकको कारोबारमा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन माइ खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.१५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन माण्डु हाइड्रोपावर, समता लघुवित्त वित्तीय संस्था र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९.९२ प्रतिशत घटेको छ।
कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५७ करोड ५ लाख ७७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ३२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा बैंकको करिब साढे २६ करोडको शेयर कारोबार भएको छ।







