खेलकुद Sunday, 6 Jul, 2025
Prestige Media

एसिसी यू-१६ कपको उपाधि नेपाललाई

blog

नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मलेसियाको युकेएम ओभलमा शनिबार सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो ।

सिङ्गापुरले दिएको एक सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रनको महत्त्वपूर्ण योगदान दिनुभयो। साथै शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाउनुभयो ।

सामान्य लक्ष्य पछ्याएको नेपालले १३ रन बनाउँदा पहिलो विकेट गुमायो। त्यसपछि शिवान्स बजगाईँले एक छक्का र दुई चौकाको प्रहार गर्दै आक्रामक ब्याटिङ गर्दै पारीलाई अगाडि बढाउनुभयो। नेपालले ४० रन बनाउँदा लगातार दुई विकेट गुमाएपछि दबाबमा पर्‍यो। नेपालले ५८ रन छँदा थप दुई विकेट गुमायो ।

छैटौ विकेटका लागि नेपालले जोय थापा र शुभम खनालले महत्त्वपूर्ण ३३ रनको साझेदारी गर्नुभयो । नेपालले ९१ रन छँदा छैटौ र ९२ रन छँदा सातौँ र आठौँ विकेट गुमाएको थियो।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनायो । उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाउनुभएको थियो । त्यसैगरी रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजा १० रन बनाउनुभयो । त्यसबाहेक सिङ्गापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सिङ्गापुरका लागि सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन–तीन विकेट लिनुभयो भने शुभम खनालले दुई विकेट हात पार्दा कसिलो बलिङ गर्नुभएका कप्तान विपिनप्रसाद शर्माले एक विकेट लिनुभयो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL