खेलकुद Tuesday, 1 Jul, 2025
Prestige Media

साफ यु–२० महिला च्याम्पियन जित्ने आशा छ : प्रशिक्षक गुरुङ

नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले अहिले बलियो टोली बनेको र साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताउनुभएको छ ।

आगामी जुलाई ११ देखि २१ सम्म बङ्गलादेशको ढाकामा साफ यु–२० महिला च्याम्पियनसिपको दोस्रो संस्करण हुँदैछ । साबिक उपविजेतासमेत रहेको नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक महिनादेखि तयारी गरिरहेको छ ।

नेपाली टोलीका प्रशिक्षक गुरुङले यसपल्ट डिफेन्डिङ च्याम्पियन बङ्गलादेशलाई राम्रो चुनौती दिनसक्ने टोली बनेको उल्लेख गर्नुभयो । साथै उहाँले यही टोलीले उपाधि पनि जित्ने आशा व्यक्त गर्नुभयो । पछिल्लोपल्ट यो उमेर समूहमा राष्ट्रिय टोलीका तीन सदस्य प्रीति राई, अमिशा कार्की र दीपा शाहीले खेल्नुभएको थियो । तर पनि यो टोलीको भविष्यमा राम्रो रहेको प्रशिक्षक गुरुङको विश्वास छ ।

नेपालका प्रशिक्षक गुरुङले त्यो फाइनल फ्लड लाइटमा हुँदा खेलाडीलाई खेल्न असहज भएको र उपाधि गुमाउनु परेको बताउनुभयो । टोलीमा केही नयाँ अनुहार र उमेर समूहका उत्कृष्ट खेलाडी समावेश रहेको प्रशिक्षक गुरुङ बताउनुहुन्छ ।

तीन स्थानमा सम्पन्न खुला छनोटबाट ६० जनाको प्रारम्भिक टोली बनाइएको थियो । त्यहाँबाट अन्तिम २३ सदस्यीय नेपाली युवा टोली घोषणा भइसकेको छ । यो टोलीमा कुनै पनि उमेरसमूह नखेलेका तीन नयाँ अनुहार पनि रहेको प्रशिक्षक गुरुङको भनाइ छ । यो संस्करणमा भारत सहभागी भएको छैन । नेपाल र बङ्गलादेशसहित भुटान र श्रीलङ्कासहित कुल चार राष्ट्र छन् । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्ने छ । नेपालका लागि डिफेन्डिङ च्याम्पियन बङ्गलादेशसँगै भुटान पनि कठिन प्रतिद्वन्द्वी बन्न सक्नेछ । किनकी भूटानले पछिल्लो समय विभिन्न उमेर समूहमा राम्रो प्रदर्शन गरेको छ ।

प्रशिक्षक गुरुङले सोमबार नै टोली घोषणा गरिसक्नुभएको छ । टोलीको तीन गोल किपरमा लीला जोशी, करुण बुढाथोकी र सुजता तामाङ हुनुहुन्छ । अन्य सदस्यमा सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिषा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिसा सेन, वर्षा ओली, पूर्णीमा राई, मीना देउवा र समीक्षा मगर हुनुहुन्छ । नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै उपाधि यात्रा थाल्ने छ । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL