राजनीति / देश Sunday, 29 Jun, 2025
Prestige Media

इजरायल युद्धमा मारिएका इरानी शहीदहरूलाई राष्ट्रिय श्रद्धाञ्जली

रानले शनिबार राजधानी तेहरानमा इजरायलसँगको १२ दिन लामो युद्धमा मारिएका करिब ६० जनालाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्न सुरु गरेको छ । मृतकमध्ये उच्च सैनिक अधिकारीदेखि वैज्ञानिक, महिला र बालबालिकासम्म रहेका छन् ।

राजधानीको एङ्गेलाब चोकमा बिहान ८ बजेबाट सुरु भएको राष्ट्रिय श्रद्धाञ्जली समारोहमा हजारौं सर्वसाधारणले शान्तिपूर्ण रूपमा भाग लिँदै राष्ट्रिय झण्डा र शहीदहरूको तस्बिर बोकेर सम्मान प्रकट गरेका थिए । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, सो युद्धमा इरानी पक्षबाट ६२७ जना सर्वसाधारणको मृत्यु भएको छ भने इरानको आक्रमणबाट २८ जना इजरायली नागरिकको ज्यान गएको इजरायली पक्षले जनाएको छ । 

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतोल्लाह खामेनेईप्रति सार्वजनिक रूपमा व्यक्त गरेका भनाइहरूलाई लिएर इरानले तीव्र आपत्ति जनाएको छ । इरानी परराष्ट्र मन्त्री अब्बास अराघचीले पारस्परिक सम्मान नभएसम्म कुनै पनि कूटनीतिक संवाद सम्भव नहुने स्पष्ट पार्नुभयो ।

श्रद्धाञ्जली दिइएका प्रमुख व्यक्तिहरूमा मेजर जनरल मोहम्मद बाघेरी, वैज्ञानिक डा.मोहम्मद मेहदी तेहरान्ची र कमाण्डर होसैन सलामी रहेका छन्, जसका परिवारका सदस्यसमेत आक्रमणमा मारिएका थिए । इरानले युद्धविरामपछि वार्ताको सम्भावना नकार्दै आफ्नो क्षमतामा गम्भीर क्षति नभएको बताएको छ भने इजरायलले विश्व समुदायलाई इरानलाई परमाणु हतियार बनाउनबाट रोक्न आह्वान गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL