अर्थ बाणिज्य / समाज Thursday, 26 Jun, 2025
Prestige Media

साताको अन्तिम कारोवार दिन घट्यो नेप्से बजार २६०० अंक तल

Bull Bear Fight: Over 880 Royalty-Free Licensable Stock Illustrations &  Drawings | Shutterstock

नेप्सेमा सामान्य उतारचढाब भइरहेको सूचक भने २६ सयकै विन्दु वरिपरी रहेको छ । आइतबार २ हजार ५ सय ९५ दशमलव ९७ विन्दुमा बन्द भएको नेप्से सोमबार २ हजार ६ सय दशमलव ७६, मंगलबार २ हजार ६ सय दशमलव ५३, बुधबार २ हजार ६ सय दशमलव ७६ तथा विहीबार २ हजार ५ सय ९५ दशमलव ७४ विन्दुमा बन्द भएको छ । पछिल्ला केहि दिन यता नेप्से २६ सय विन्दुमै रहेको छ । 

बिहीबार, नेप्से परिसूचक ४.४५ अंक घटेर २५९५.७४ विन्दुमा झरेको छ । यसदिन नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने बरुण हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। रिलायबल समृद्धि योजनाको इकाईमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड ५२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ३९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३२ करोड नाघेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL