शेयर बजार परिसूचक ०.३३अंकले घट्याे
आज शेयर बजार परिसूचक सामान्य घटेकाे छ । ०.३३ अंकले घटेर परिसूचक २ हजार ६००.२० बिन्दुमा रोकिएको छ ।
११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ वटाको घटेको छ । जसमध्ये एक कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । मोदि इनर्जी लिमिटेडको मूल्य ९.९९ प्रतिशतले वृद्धि हुँदा तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ९.७७, पन्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ७.७७ र त्रिशुली जलविद्युत कम्पनीको शेयर मूल्य ७.६२, माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयर मूल्य ७.१४ प्रतिशतले वृद्धि भएको छ ।
इता सबैभन्दा धेरै जोशि हाइड्रोपावर कम्पनीको मूल्य घटेको छ । जोशिको शेयर मूल्यमा ९.५१ प्रतिशको गिरावट आएको छ भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ४.६३ प्रतिशतले घटेको छ ।
यस दिन १ करोड ३७ लाख ५९ हजार ६०४ वटा कम्पनीको शेयर ६१ हजार ८२४ पटक किनबेच हुँदा ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हुनेमा बुटवल पावर कम्पनी रहेको छ । यस कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।







