अर्थ बाणिज्य / समाज
Tuesday, 24 Jun, 2025
मंगलबार नेप्से परिसूचकसँगै करोबार पनि घट्यो
काठमाडौं । आज मंगलबार शेयर बजार परिसूचक नेप्से सामान्य रुपमा घटेको छ । यस दिन ०.२२ अंकले घटेर परिसूचक २ हजार ६००.५३ बिन्दुमा रोकिएको छ ।
आज १०७ कम्पनीको शेयर मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ । बजार घटेसँगै कारोबार रकम भने पनि घटेको छ । १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको २७ करोड ६५ लाख ९० हजार रुपैयाँको शेयर कारोबार हुँदा राँधि विद्युत कम्पनीकिो २३ करोड ९६ लाख २९ हजार र हिमालयन पावर पार्टनरको २३ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।







