अर्थ बाणिज्य / समाज
Sunday, 22 Jun, 2025
३२.९३ अंकले घट्यो शेयर बजार परिसूचक २६०० मुनि झर्यो नेप्से

आइतबार शेयर बजार परिसूचक नेप्से ३२.१६ अंकले घटेको छ । यस दिन परिसूचक २ हजार ५ सय ९६.७४ बिन्दुमा झरेको छ ।
२२५ कम्पनीको शेयर मूल्य घट्दा २३ कम्पनीको भने मूल्य वृद्धि भएको छ । जहाँ एउटा कम्पनीको मूल्यमा सकारात्मक र एक कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि हुँदा पियोर इनर्जी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।
२ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार ३०२ पटक किनबेच हुँदा ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार दोर्दी खोला जलविद्युत कम्पनीको भएको छ ।
दोर्दीको ७५ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच हुँदा बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाख ३१ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।







