अर्थ बाणिज्य / समाज
Sunday, 8 Jun, 2025
दुई कम्पनीमा सकरात्मक सर्किट बजार ११.०६ अंकले घटयो
काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ११.०६ अंकले घटेको छ । यस दिन उक्त अंकल घटेर बजार परिसूचक २ हजार ६ सय २९.८९ काे विन्दुमा झरेको छ ।
दुई कम्पनीमा सकरात्मक सर्किट लागेको छ । पियोर इनर्जी र रिभर फल्स पावर कम्पनीको शेयर मूल्य समान ९.९९ प्रतिशतले वृद्धि भएको छ भने ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।







