अर्थ बाणिज्य / समाज
Monday, 2 Jun, 2025
साताको पहिलो कारोबार दिन ९ अर्बभन्दा बढीको कारोबार, सूचक भने सामान्य अंक बढ्यो
सोमबार नेप्से परिसूचक १.६० अंक बढेर २६९४.६६ विन्दुमा पुगेको छ। आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३१ प्रतिशत बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ६.४५ प्रतिशत घटेको छ।







