खेलकुद
Friday, 23 May, 2025
आइपिएलमा लखनउको जित गुजरातको सिजनमा चौथो हार
प्लेअफको दौडबाट बाहिरी सकेको लखनउ सुपर जाइन्टले लिगमा छैटौं जीत हात पार्ने क्रममा शीर्ष स्थानमा रहेको गुजरात टाइटनलाई ३३ रनले हराएको छ,टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २०ओवरमा २ विकेट गुमाएर २३५ रन बनायो।उसका लागि ओपनर मिचेल मार्शले ६४ बलमा ११७ रनको शतकिय पारी खेल्दा एडेन मार्कराम ३६ रन बनाए त्यस्तै गरि निकोलस पुरन र कप्तान पन्तले क्रमश अविजित ५६ र १६ रन बनाए,२३६ रनको विशाल लक्ष्य पछ्याउने क्रमश गुजरातले निर्धारित २०ओवरमा २०२ रन मात्र बनाउन सक्यो उसका लागि साई सुदर्शनले २१,कप्तान शुभमन गिलले ३५ रन जोस बटलरले ३३ रन शेर्फने रुथेरफोर्दले ३८रनको साथै मशुद शाहरुक खानले ५७ रन बनाएका छन। हारसङै गुजरातपहिलो स्थान र लखनउ छैटौं स्थानमा यथावत छन।







