अर्थ बाणिज्य / समाज Thursday, 6 Jun, 2024
Prestige Media

सुन मूल्यमा नयाँ रेकर्ड, एकै दिन १८०० ले बढ्यो

काठमाडौं– नेपाली बजारमा दुई दिनमै सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ। अघिल्लो दिन बुधबारको तुलनामा सुन मूल्य बिहीबार तोलामै १८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १८०० ले बढेर १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि जेठ २२ मा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको थियो। बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको हो। बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २५ ले बढेर १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १८२५ रुपैयाँ थियो।
नेपालमा बजेटमार्फत भन्सार दर ५ प्रतिशत बिन्दु बढेपछि सुन महँगिने क्रम जारी छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL