अर्थ बाणिज्य / समाज
Thursday, 2 May, 2024
प्रतितोला २ हजारले बढ्यो सुन
काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ३६ हजार पाँच सय निर्धारण भएको हो।
यस्तै, बुधबार १ लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि १ लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला एक हजार ६ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि एक हजार ६ सय ४५ निर्धारण भएको छ।







