अर्थ बाणिज्य / समाज
Tuesday, 9 Apr, 2024
सुन मूल्य प्रतितोला १ लाख ३६ हजार ३०० पुग्यो
काठमाडौं– स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सयले बढेको हो। सोमबार प्रतितोला एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ।
त्यस्तै, तेजाबी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासंघले आजका लागि एक लाख ३५ हजार ६ सय ५० निर्धारण गरेको छ। यस्तै, चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन। महासंघले आज चाँदीको मूल्य तोलामा १ हजार ८५ निर्धारण भएको जनाएको छ।







