अर्थ बाणिज्य / समाज Tuesday, 9 Apr, 2024
Prestige Media

सहकारी ठगीमा गृहमन्त्रीमाथि संसदीय छानबिन हुनैपर्ने कांग्रेस अडान यथावत्

काठमाडौं– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दल बैठकले सहकारी ठगीमा संलग्नताको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने अडान पुनः दोहोराएको छ। मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेमाथिको सहकारी ठगी प्रकरणको विषय संसदीय छानबिन समिति बनाएर टुग्याउनुपर्ने निष्कर्ष निकालेको हो।
‘उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको विषय कांग्रेसले सदनमा उठाइरहेको छ। त्यसको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निम्ति संसदीय समिति गठन हुनुपर्ने निर्णय सर्वसम्मत पारित गरेको छ’, बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने। बैठकले तत्काल कांग्रेसको मागबमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने र सरकारले नटेरे सोहीअनुसार रणनीति बनाउने निर्णय संसदीय दलको बैठकबाट भएको लेखकले जानकारी दिए।
उनले भने, ‘कांग्रेसको माग सम्बोधन नभए संसद् अवरोधको जिम्मा सरकारले लिनुपर्छ। लामिछानेमाथिको छानबिनलाई अन्यत्र मोड्ने प्रयास भए प्रतिनिधिसभा बैठकका काम–कारबाही अवरुद्ध गर्छौं।’
कांग्रेसले संसदीय समितिका बैठकमा अनिवार्य उपस्थित भएर छलफलमा भाग लिन पार्टी सांसदलाई निर्देशन दिएको छ। सामाजिक सदभाव, धार्मिक सहिष्णुता र एकता कायम राख्न सबैलाई आह्वान गरेको लेखकले बताए। यसैबीच सदन अवरोध खुलाउन पहल गर्दै आएका सभामुख देवराज घिमिरेको आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता, प्रतिपक्षी दलका नेताबीच छलफल भएको छ।
सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी कांग्रेस महामन्त्री गगन थापा र राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलासँग सदन सुचारुबारे छलफल गरेका हुन्। सभामुख घिमिरेले सोमबार संसद् अवरोध हटाउनेबारे सत्तारुढ र प्रतिपक्षीका नेतासँग छलफल गरे पनि सहमतिबिनै बैठक टुंगिएको थियो। कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे प्रतिनिधिसभा अवरोध गरिने जनाउ सरकारलाई दिइसकेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL