अर्थ बाणिज्य / समाज
Monday, 8 Apr, 2024
सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार नाघ्यो
काठमाडौं–स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६०० ले वृद्धि भएको हो। आइतबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३६ हजार दुई सय कायम भएको छ।
तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ। आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार तोलामा एक हजार ६ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ६८५ निर्धारण भएको छ।







