नेप्सेमा ३।३४ अंकको गिरावट, अधिकांश उपसूचक राताम्य
काठमाडौं– बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ३।३४ अंकले घटेर २०६३।९५ को बिन्दुमा कारोबार बन्द भएको हो। अघिल्लो दिन मंगलबार पनि नेप्से ६।२४ अंकले घटेर २०६७।२९ को बिन्दुमा बन्द भएको थियो। बुधबार नेप्सेमा गिरावट आए पनि लघुवित्त समूहमा उत्साह देखिएको छ।
लघुवित्त समूहतर्फ कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ। अधिंकाश उपसूचक राताम्य हुँदा पनि लघुवित्त समूहमा भने २।५१ प्रतिशतको वृद्धि भएको छ। बुधबार कुल ३ अर्ब ४९ करोडको कारोबार भएको छ। अघिल्लो दिन मंगलबार कुल ३ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको थियो। बुधबार कारोबारमा आएकामध्ये ९४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४७ कम्पनीको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर छ।
बुधबार गोर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ। बोटलर्स नेपाल ९बालाजु० कम्पनीको सेयर मूल्य ९।३२ प्रतिशतले घटेको छ।
ध्चष्तभ तय एःऋ ल्भ्ध्क् न्च्इग्ए







