कला / साहित्य Sunday, 18 Feb, 2024
Prestige Media

शालीनदीमा राष्ट्रपति पौडेलले गरे पूजा
फोटो

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शंखरापुर नगरपालिकास्थित शालीनदी पुगेर पूजा, अर्चना गरेका छन्।
पौष शुक्ल पूर्णिमादेखि जारी स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी राष्ट्रपति सहभागी भएका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरेको शीतलनिवासले जनाएको छ।
उनले शालीनदीमा जल अभिषेक पनि गरे। राष्ट्रपतिले वज्रयोगिनी मन्दिरमा समेत दर्शन एवं पूजा अर्चना गरे।
काठमाडौं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको वज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुुसीको विषय भएको बताए।
वज्रयोगिनी मन्दिर पुग्दा शंखरापुर–८ का वडाध्यक्ष पोते थिङ र वडा नं ४ का वडाध्यक्ष सुनबहादुर तामाङलगायत स्थानीयले राष्ट्रपतिको स्वागत गरेका थिए। उनले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्त्व जोडिएको वज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्त्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे।
सो अवसरमा सांसद र नगरप्रमुख एवं उपप्रमुखलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनःनिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरेका थिए।
सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरिन्।
शाली नदी मेलामा हरेक वर्ष झन्डै ३० लाख धर्मावलम्बीले दर्शन गर्ने उनले जानकारी दिइन्।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL