कला / साहित्य Friday, 26 Jan, 2024
Prestige Media

स्थापना दिवस मनाउँदै कांग्रेस

काठमाडौं–सत्तारुढ नेपाली कांग्रेसले आज ७८औं स्थापना दिवस मनाउँदै छ । नेपालको सबभन्दा पुरानो दल कांग्रेस प्रजातान्त्रिक लडाइँमा अग्र भागमा रहँदै आएको छ।
कांग्रेसले भारतको कोलकातामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।
यस वर्षको स्थापना दिवसमा पार्टी मुख्यालयसहित सातै प्रदेश र जिल्लामा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइरहेको कांग्रेसले जनाएको छ।
आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रम गरिँदै छ।
बीपी कोइरालाको पहलमा २००३ साल माघ १२ सम्म कोलकाताको भवानीपुरमा युवाको पहिलो भेला भएको थियो, जुन भेलाले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो।
गणेशमान सिंहको प्रस्तावअनुसार भेलाले टंकप्रसाद आचार्यलाई सभापति र बीपी कोइरालालाई कार्यवाहक सभापति चयन गरेको थियो।
स्थापना दिवस समापनपछि कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दै छ। ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका आशा, अपेक्षा, सुझाव तथा गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले मुख्यालयले बताएको छ।
अभियानका लागि खटाइने केन्द्रबाट खटाइने केन्द्रीय प्रतिनिधिलाई स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जिम्मेवारी दिइएको छ ।
केन्द्रीय प्रतिनिधि बाहेक पदाधिकारी र पूर्वपदाधिकारी समेत प्रत्येक प्रदेशमा पुगेर समुदायमा कांग्रेस अभियानमा सहभागी हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
अभियानकै क्रममा १६ माघमा सहिद दिवस अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने गरी कार्यतालिका बनाइएको छ। अन्तिम दिन माघ २६ मा पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवससँगै अभियान समापन हुनेछ।

फोटो

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL