कला / साहित्य
Thursday, 28 Dec, 2023
चलचित्र घरलाई इजाजत–पत्र नवीकरण गर्न बोर्डको निर्देशन
काठमाडौं– चलचित्र घर (फिल्म हल)लाई इजाजत पत्र नवीकरण गर्न नियामक नेपाल चलचित्र विकास बोर्डले निर्देशन दिएको छ।
बोर्डले सूचना जारी गर्दै ३५ दिनभित्र इजाजत पत्र नवीकरण गरिसक्न भनेको हो।
बोर्डको सूचनामा भनिएको छ– नेपालभर सञ्चालनमा रहेका चलचित्र घरले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने इजाजत पत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु/गराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र चलचित्र प्रदर्शन इजाजतपत्र अद्यावधिक रहेको कागजात पेस गर्न पनि बोर्डले आग्रह गरेको छ।







