अर्थ बाणिज्य / समाज Thursday, 28 Sep, 2023
Prestige Media

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी साढे २ खर्ब बढी पुग्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ भदौ मसान्तसम्म नेपालमा २ खर्ब ६४ अर्ब ३२ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्यांक सार्वजनिक गरेको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणअनुसार नेपालमा गत आवमा करिब ३७ अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी बढेको छ।

आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा भएको यस्तो लगानी २ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा १ खर्ब ९८ अर्ब ५२ करोड थियो।पछिल्ला चार वर्षमा १ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ३७ अर्ब बढेको हो।

आर्थिक वर्ष २०७५÷७६ मा नेपालमा यस्तो लगानी १ खर्ब ८२ अर्ब ९१ करोड थियो। नेपालमा भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड लगानी रहेको सर्वेक्षणमा उल्लेख छ।त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

सबैभन्दा बढी लगानी औद्योगिक क्षेत्रमा ६२.६ प्रतिशत र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको छ।वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको सर्वेक्षणमा उल्लेख छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL