विचार/विश्‍लेषण Wednesday, 13 Sep, 2023
Prestige Media

संसद् पुग्यो शिक्षा विधेयकः विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा

काठमाडौं– लामो समयको प्रतीक्षापछि सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा आज दर्ता गरेको छ । विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट पारित गरेर सो विधेयक दर्ता गरिएको हो ।

दर्तापछि विधेयकलाई संघीय संसद् सचिवालयले वेबसाइटमा समावेश गरेको छ । यस विधेयकमा विद्यालय स्थापनाका आधारलाई स्पष्ट र पारदर्शी बनाइएको छ । विधेयकमा निजी लगानीका विद्यालय स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकेबमोजिम सञ्चालन हुनेछ भने स्थानीय तहले तोकेको शीर्षक र सीमामा निजी विद्यालयले शुल्क लिन पाउनेछन्।

सार्वजनिक विद्यालयले भने शुल्क लिन पाउने छैन । नयाँ निजी विद्यालयको सञ्चालन गुठी (बोर्ड अफ ट्रष्टी) को मातहत हुनेछ भने हाल सञ्चालनमा रहेका निजी विद्यालय गुठीमा जान भने बाध्य हुने छैन ।

यस विधेयकले शिक्षकको तलब वृद्धिको अधिकतम दर ४ चैत २०७५ पछि नियुक्त हुने शिक्षकको निवृत्तिभरण कोष ऐन, २०७५ को व्यवस्था समेतका आधारमा कट्टा हुने र थप हुने रकम नियमावलीबमोजिम निर्धारण हुने प्रबन्ध गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकमध्येबाट चयन हुनेछ ।

यसैगरी विद्यालय कर्मचारीका लागि सुविधा व्यवस्था गरिएको छ । विधेयकमा नेपाल शिक्षक महासंघका पेसागत मागलाई अधिकतम सम्बोधन गरिएको जनाइएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्योल भने कायमै

सुमना श्रेष्ठले परित्याग गरिन रास्वपा

घाइतेको उपचार निःशुल्क

मनाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार तोक्ने जिम्मा सभापतिलाई

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

माओवादीका कारण व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको : अध्यक्ष प्रचण्ड

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् आजका कार्यसूची

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL