स्वास्थ्य
Thursday, 7 Sep, 2023
कान्ति बाल अस्पतालको घटना छानबिन गर्न समिति
काठमाडौं– कान्ति बाल अस्पतालले सोमबार राति आकस्मिक कक्षामा भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
अस्पतालका निर्देशक डा. पकज रायका अनुसार सोमबार राति अस्पतालको आकस्मिक कक्षमा भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन डा. प्रकाश जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिले पाँच दिनभित्र सत्य, तथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्न अनुरोध गरेको डा. रायले जानकारी दिए ।
मकवानपुर थाहा नगरपालिका–१० घर भएर काठमाडौँ बाफलमा बस्दै आएकी पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो र तारन्तार बान्ता भएकोले सोमबार अपराह्न ५ बजे उनका आमा र हजुरबुबाले कान्ति अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए ।
आकस्मिक कक्षमा पालो कुर्दाकुर्दै उनको मृत्यु भएको थियो । परिवारका अनुसार उहाँहरूले आकस्मिक कक्षामा ८० मिनेट पालो कुरेका थिए ।







