कला / साहित्य
Tuesday, 22 Aug, 2023
पशुपति प्रसाद २ः भष्मे डन’ को टिजर सार्वजनिक (भिडिओ)
फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ को टिजर सार्वजनिक भएको छ।मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।
कृष्णबहादुर थापाले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन्।दिपेन्द्र के खनाल निर्देशित फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन्।
टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, विशु पौडेल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ।







