अर्थ बाणिज्य / समाज
Monday, 21 Aug, 2023
बाढीले बगाएको ठाउँ खोतल्दा भेटियो डेढ करोड
मुस्ताङ– मुस्ताङको कागबेनी क्षेत्रमा आएको बाढीमा परी पुरिएको अवस्थामा डेढ करोड भन्दा बढी नगद रकम फेला परेको छ । प्रभु बैंक र इन्भेस्टमेन्ट बैंक रहेको स्थानमा खोतल्दा उक्त रकम भेटिएको हो ।

गत आइतबार आएको बाढीले ठूलो कागबेनीमा ठूलो क्षति गरेको थियो । उक्त बाढीले ल्याएको ग्रेगान खोतल्दा रकम भेटिएको हो। बाढी आएको एक सातापछि आइतबार प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला परेको हो ।
यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ फेला परेको मुस्ताङ प्रहरीले जानकारी दिएको छ । उक्त रकम सम्बन्धित बैंकले बुझिसकेका छन् ।







