अर्थ बाणिज्य / समाज Friday, 18 Aug, 2023
Prestige Media

सात सय बंगलादेशी पर्यटक नेपाल घुमफिरमा आउँदै

एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आउन लागेको यो पहिलो पटक हो ।

काठमाडौं– जहाज चार्टर्ड गरेर एकैपल्ट बंगलादेशबाट ७०० पर्यटक नेपाल घुम्न आउने भएका छन् । आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् ।

जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो ।राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे ।

एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो। नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो ।ठूलो संख्यामा नेपाल भित्रिने बंगलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे ।

कोभिड–१९ पूर्व र कोभिड अवधिमा पनि उल्लेख्य संख्यामा बंगलादेशी पर्यटक नेपाल आएका थिए। बोर्डको तथ्यांकअनुसार सन् २०२३ को सात महिनामा बंगलादेशबाट १३ हजार ६२४ पर्यटक नेपाल आएका थिए ।

जुलाईमा मात्रै २ हजार ६९४ बंगलादेशी पर्यटक नेपाल आएका छन् । जुनमा २ हजार ४०२, अप्रिलमा २ हजार २१७, मार्चमा २ हजार ४६६, फेब्रुअरीमा १ हजार ९०७ र जनवरीमा २ हजार ४६८ बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ ।यसअघि सन् २०२२ मा बंगलादेशबाट २५ हजार ३८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल ५ लाख ३४ हजार २०७ विदेशी पर्यटक भित्रिएका छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL