अर्थ बाणिज्य / समाज
Wednesday, 16 Aug, 2023
जग्गाको कित्ताकाट खुलाइयो
काठमाडौं– सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । गत वैशाखको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली संशोधन गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन ।
भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत भएपछि कित्ताकाट खुलाइएको हो ।हाल भू–उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था छ । स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ ।
सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो ।







