अर्थ बाणिज्य / समाज
Wednesday, 16 Aug, 2023
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं– सरकारले गए राती १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।
निगमले मंगलबार बेलुकी सूचना जारी पेट्रोल प्रतिलिटरमा ५ तथा डिजेल र मट्टीतेल प्रतिलिटरमा १४ रुपैयाँ बढेको बताएको हो। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार निगमले नयाँ मूल्य तोकिएको निगमले बताएको छ । आईओसीले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजेलमा ११ रुपैयाँ २५ पैसा बढाएर नयाँ मूल्यसूची पठाएको निगमले जनाएको छ ।
निगमले आईओसीले पठाएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरिएको बताएको छ । निगमले पेट्रोलियम बिक्री गर्दा नेपालभरका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरी मूल्य कायम गर्दै आएको छ ।







