स्वास्थ्य Wednesday, 19 Jul, 2023
Prestige Media

ह्वात्तै बढ्यो डेंगी, १० जिल्लामा बढी संक्रमण

पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो।

इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए।

उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए। 

डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ। ती फूल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगी संक्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेंगीका बिरामी भेटिएका छन्। 

महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ संक्रमण भएकोमा साउन १ गते सम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० जनामा डेंगीको संक्रमण देखिएको छ। 

यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ।

कोशी प्रदेशमा एक हजार सात सय ४६, बागमती प्रदेशमा चार सय ६८, सुदूरपश्चिम प्रदेशमा दुई सय ७९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ।  

१० जिल्लामा बढी संक्रमण    

नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन्। सबभन्दा बढी सुनसरी जिल्लामा एक हजार पाँच सय ७१, धादिङमा दुई सय ५६, दार्चुलामा एक सय ८८, कास्कीमा एक सय ४९, संखुवासभामा ५८, काठमाडौंमा ४६, कन्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जनामा डेंगीका बिरामी भेटिएका छन्।

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

सम्भव भएसम्म लामखुट्टे भगाउने घुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ ।रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL