अर्थ बाणिज्य / समाज
Monday, 3 Jul, 2023
२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौँ । सरकारको लागि सोमबार राष्ट्र बैंकले २९ अर्ब ६६ करोड रूपैयाँ आन्तरिक ऋण उठाउँदै छ। यसमध्ये २४ अर्ब ६६ करोड रूपैयाँ पुरानै ऋणपत्र नवीकरण हुने भएका हुन् भने पाँच अर्ब नयाँ ऋणपत्र उठाइने छ।
आठ अर्ब रूपैयाँको २८ दिने, सात अर्ब ७५ करोडको ९१ दिने र आठ अर्ब ९१ करोड ६५ लाख ५० हजारको तीन सय ६४ दिने ऋणपत्र उठाइन लागिएको हो। नयाँ उठाइन लागेको पाँच अर्बको ऋणपत्रको अवधि भने एक सय ८२ दिन रहेको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १८ गते अर्थात् आज दिउँसो ३ बजेभित्र आवदेन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले असार ११ गते २४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।







