स्वास्थ्य Wednesday, 14 Jun, 2023
Prestige Media

आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ।

यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ।नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ।

यसले नियमितरुपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ।यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ।यस दिवसका अवसरमा ब्लड डोनर्श एसोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

एसोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको एसोसिएसनका महासचिव केशव मर्हजनले जानकारी दिए।’साइकल र्याली, महिला रक्तदाता अभिमुखीकरण, चित्रकला र रक्तदाता सम्मानलगायतका कार्यक्रम अयोजना गरेका छौँ,’ उनले भने, ‘अस्पतालमा रगतको व्यवस्थापनमा असहज र रक्तादातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौति हो।’

यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ।पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो।रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL