अर्थ बाणिज्य / समाज
Monday, 2 Jan, 2023
दूधको मूल्यवृद्धि फिर्ता
राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ ।
कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।